‘दलित समुदायका माग सम्बोधन गर्छु‘ अध्यक्ष शाह

247

अरुण यादव
नेपालगन्ज–बाँकेस्थिति नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले दलित समुदायको उद्धारका लागि उनीहरुको मागअनुसार काम गर्दै जाने बताएका छन् । पिछडिएको समुदायका रुपमा रहेको दलित समुदायका जनताहरुको जीवनस्तर उकास्ने वातावरणको सृजना गर्ने अध्यक्ष शाहले बताएका हुन् ।
वडा नम्बर ४ गाउँपालिका परिसरमा आयोजित ज्ञापनपत्र बुझाउने कार्यक्रममा अध्यक्ष शाहले दलितहरुको मागहरु पूरा गर्न र दलित उत्थानका लागि अग्रसर भएर काम गर्न प्रतिबद्धता जनाएका छन् ।
सोमबार नरैनापुर गाउँपालिका दलित सेवा संघका अध्यक्ष सियाराम धोबीले गाउँपालिका अध्यक्ष शाहलाई दलितहरुको उत्थानका लागि १५ बुँदै मागसहित ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा गाउँपालिकामा बसोबास गर्ने गरिब, असहायहरुको लागि जनता आवासको व्यवस्था हुनुपर्ने, दलितहरुको लागि स्वास्थ्य, विमा निःशूल्क हुनुपर्ने, दलितहरुका लागि खानेपानी धाराको व्यवस्था हुनुपर्ने, गाउँपालिका भित्र नेपाल सरकारको कर्मचारी भर्नामा जनसंख्याको आधारमा व्यवस्था हुनुपर्नेलगायतका मागहरु समेटिएको छ ।
कार्यक्रममा जिल्ला दलित सेवा संघका अध्यक्ष कृष्ण विक, स्थानीय ६ वटै वडाका दलित सेवा समितिका प्रतिनिधि, गाउँपालिका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवललगायत स्थानीयको ठूलो उपस्थिति रहेको थियो ।

Womui
Womui