६ वटा प्रदेशमा भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन अनुरोध

105

काठमाडौं– ६ वटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुनी वायुको प्रभावका कारण देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आगामी २४ घण्टा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Womui
Womui