कर्मचारीमा कोरोना भेटिएपछि बाँकेको यातायात कार्यालय सिल

370

बाँके– कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि यातायात कार्यालय सिल गरिएको छ । यातायात व्यवस्था कार्यालय नेपालगन्जले २२ वर्षीया महिला कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको हो । यातायात कार्यालयमा सेवाग्राहीको अत्धिक चाप हुने गर्दछ । यस्तो अवस्थामा संक्रमित महिलासँग कतिजना सम्पर्कमा आए भन्ने यकिन कठिन रहेको छ । यस्तो अवस्थामा कोरोना भाइरस समाजस्तरमा फैलिएको आकलन बुद्धिजीवीले लगाएका छन् । त्यस्तै नेपालगन्ज आन्तरिक राजस्व कार्यालयका कर अधिकृतमा कोरोना भाइरसको संक्रमण देखिएपछि राजस्व कार्यालय पनि सिल गरिएको छ ।

Womui
Womui