घरेलु विवादमा पतिको हत्या !

112

बाँके–घरेलु विवाद हुँदा एक महिलाले पतिको हत्या गरेकी छिन् । जिल्लास्थित खजुराकी ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय पति लक्षिराम थारुको बन्चरो प्रहार गरी पतिको हत्या गरेकी हुन् । आइतबार घटेको घटनामा लिछियाले प्रहार गरेको बन्चरो मृतक लक्षीरामको टाउको, खुट्टा र हातमा लागेको थियो । बन्चरो प्रहारबाट लक्षीरामको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घट्नालगत्तै इलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले बन्चरोसहित मिछियालाई नियन्त्रणमा लिएको थियो ।

Womui
Womui