नेपाली कांग्रेस राप्तीसोनारी पार्टी कोष निर्माण गरिने

183

बाँके(राप्तीसोनारी)–राप्तीसोनारी गाउँपालिकास्थित नेपाली कांग्रेसले पार्टी कोष निर्माण गर्ने निर्णय गरेको छ । आइतबार राप्तीसोनारीमा बसेको नेपाली कांग्रेस राप्तीसोनारी कार्यसमितिका पदाधिकारी र कांग्रेस सम्बद्ध निर्वाचित जनप्रतिनिधि बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  

बैठकमा पार्टीको विधान र नियमावली बमोजिम कोष खडा गर्ने निर्णय गरिएको नेपाली कांग्रेस राप्तीसोनारीका सभापित भीमबहादुर रानाले बताए । जनप्रतिनिधिले उक्त कोषमा आफूले पाउँदै आएको पारिश्रमिकको केही प्रतिशत रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको बैठकका प्रमुख अतिथि रहेका नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले जानकारी दिए ।

कोष निर्माणका लागि नेपाली कांग्रेस राप्तीसोनारीको नाममा खाता खोलिने छ । कोष परिचालन र व्यवस्थापन नेपाली कांग्रेस राप्तीसोनारी कार्यसमितिको निर्णय बमोजिम गरिने कार्यक्रमका विशेष अतिथि रहेका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।

नेपाली कांग्रेस राप्तीसोनारी गाउँ कार्यसमितिका सचिव तुलारामखत्रीले संचालन गरेको कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेस राप्तीसोनारीका कार्यसमितिका उपसभापति एवम् सचिवहरु, नेपाली कांग्रेस सम्बद्ध निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, क्षेत्रीय पदाधिकारी, कार्यसमितिका पदाधिकारी र वडा इकाईका सभापति एवम् सचिवलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui