भेरी अस्पतालका कम्प्युटर अप्रेटर अख्तियारको फन्दामा

81

बाँके(नेपालगन्ज)–भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अप्रेटर अख्तियारको फन्दामा परेका छन् । स्रोत नखुलेको रकम कार्यकक्षमा भेटिएपछि अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बिहीबार कम्प्युटर अप्रेटर अरुणराज खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
अप्रेरटर खनालको कार्यकक्षमा स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ समेत अख्तियारले बरामद गरेको छ । स्रोत नखुलेको रकम भेटिएपछि अनुसन्धानका लागि खनाललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बताए । कार्यकक्षमै भेटिएको रकम सामान खरिदका क्रममा कमिसन लिएको हुन सक्ने अख्तियारको शंका छ । घटनाबारे अनुसन्धान भइरहेको गैरेले बताएका छन् ।

Womui
Womui