पहिरोले घर बगाउँदा २ को मृत्यु एक घाइते

150
सांकेतिक तस्बिर ।

दार्चुला- दार्चुलामा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । अविरल परेको वर्षासँगै गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा नौगाड गाउँपालिका-६, परिगाउँकी ४२ वर्षीया मानमती ठगुन्ना र मोहना ठगुन्नाकी पाँच वर्षीया छोरी पार्वती ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै पहिरोमा परेर २२ वर्षीय मोहना ठगुन्ना घाइते भएक छन् । पहिरोले तीन घर, विद्यालय, बाख्रा फर्म, तीनवटा पानी घट्ट र खेतबारी बगाएको छ ।

Womui
Womui