१५६ थपिए, नेपालमा १७६५८ संक्रमित

34

काठमाडौं- पछिल्लो २४ घण्टामा १५६ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा संक्रमित हुनेको संख्या १७६५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर ५८ जना घर फर्किएका छन्। योसँगै निको भएर घर फर्कनेको संख्या ११६९५ पुगेको छ । त्यस्तै अहिले देशभरका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ५९२३ छ भने संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ।

Womui
Womui