विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश

169

बाँके (राप्तीसोनारी)– बाँकेको राप्तीसोनारीमा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा रहेका विभिन्न पार्टीका कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेको राप्तीसोनारी ५ नम्बर वडा गाउँ इकाई सभापति बालकिसन थारुले बताए । बिनौना निवासी नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष शेखर रावतको सक्रियतामा ४७ जनालाई पार्टी प्रवेश गराइएको कार्यक्रमका सभापति समेत रहेका बालकिसान थारुले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति माधवराम खत्री, बाँकेका जिल्ला सचिव तप्त पौडेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि नारायण गौडेल, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतले उनीहरुलाई अविर माला लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गराउने क्रममा क्षेत्रीय सभापति माधवराम खत्रीले पार्टीमा सक्रिय भएर लाग्न नवप्रवेशी कार्यकर्तालाई आग्रह गरेका थिए । पार्टीमा हुने उपगुटले गर्दा जनताको विश्वास पार्टीप्रति घट्दै गएको बताउँदै एकजुट र एकढिक्का भई इमानदार र सक्रियता साथ देश र जनताको सेवामा लाग्न सभापति माधवराम खत्रीले आग्रह गरे ।
कार्यक्रममा बाँके जिल्ला सदस्य पवन शाह, क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सचिव डिल्ली गिरीलगायत नेपाली कांग्रेसका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Womui
Womui