८२ थपिए, नेपालमा १६८०१ संक्रमित

35

काठमाडौं- पछिल्लो २४ घण्टामा ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित १६८०१ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देसभरका विभिन्न ठाउँबाट १४७ जना कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् भने हालसम्म घर फर्कनेको संख्या ८५८९ रहेको छ । त्यस्तै संक्रमितमध्ये ३८ जना को मृत्यु भएको छ ।

Womui
Womui