असार २८ गतेसम्म अत्यधिक पानी पर्ने, सर्तक रहन सरकारको अपिल

28

काठमाडौं– चार दिन अत्यधिक पानी पर्ने भन्दै सर्तक रहन गृह मन्त्रालयले अपिल गरेको छ । बिहीबारदेखि चार दिनसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा वर्षकै सबैभन्दा धेरै पानी पर्न सक्ने भन्दै गृहले यस्तो अपिल गरेको हो ।

पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीमा बाढी आउन सक्ने सम्भावना रहेको मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ।

प्राधिकरणले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट चितवन लगायतका जिल्लाका होचो ठाउँमा डुबानमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो । त्यस्तै ठूला नदीनालामा आउने बाढीबारे जानकारी जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन केन्द्रको टोल फ्री नं. ११४९ मा मा लिन सकिने छ ।

Womui
Womui