कक्षा ११ को परीक्षाको जिम्मेवारी विद्यालयलाई

118

काठमाडौं– कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकोमा त्यसको जिम्मेवारी अब विद्यालयलाई नै दिइने भएको छ। शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का पदाधिकारीको बैठकले यस्तो कार्यविधि निर्माण गरेका हुन्।

अब राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मात्रै परीक्षा लिनेछ। कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत र वैशाखमा हुने कक्षा १२ र ११ को परीक्षा रोकिएको भए पनि १२ को परीक्षा भने देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन हटाएपछि सुरक्षा प्रबन्ध अपनाएर संचालन गर्ने तयारी बोर्डले गरेको छ । त्यस्तै परीक्षा संचालन हुनु भन्दा कम्तिमा एक महिनाअघि विद्यार्थीलाई जानकारी गराएर परीक्षा संचालन गर्ने जानकारी बोर्डले गराएको छ ।

Womui
Womui