जापानमा भीषण बाढीपहिरो, १६ को मृत्यु, १३ बेपत्ता

299

एजेन्सी
टोकियो
–जापानमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी १६ जनाको मृत्यु भएको छ । १३ बेपत्ता भएको सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षातका कारण क्युसुको दक्षिणी टापुमा आएको बाढीपहिरोले १६ जनाको मृत्यु भएको एनएचकेले जनाएको छ ।

सुरक्षाकर्मीले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् । जापानको मौसम विभागले भने पुनः भारी वर्षा हुने पूर्वानुमान गरेको छ । साथै पहिरो जाने जोखिमसमेत रहेकोले सतर्कता अपनाउन भनेको छ ।’

Womui
Womui