पाटेबाघको छाला र हड्डीसहित बाँकेमा एक पक्राउ

103

बाँके (राप्तीसोनारी)–पाटेबाघको  छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिमलघारीका ४६ वर्षीय नवराज घर्ती मगर उक्त छाला र हड्डीसहित सोही ठाउँबाट पक्राउ परेका हुन् । प्रदेश नम्बर ५ को ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको कुसुमबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मकैबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डीसहित घर्तीमगरलाई पक्राउ गरेको हो ।

Womui
Womui