कोरोना संक्रमित युवाले गरे आत्महत्या

78

बझाङ–कोरोना संक्रमित एक युवाले आत्महत्या गरेका छन् । जिल्लास्थित खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवाले झुण्डिएर आत्महत्या गरेका हुन् । गोठाला गएका स्थानीयले शुक्रबार उनी झुण्डिएको अवस्थामा घरदेखि करिब आधा घण्टाको दूरीको जं‌गलमा भेटाएपछि उनले आत्महत्या गरेको पाइएको हो ।

गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाका अनुसार जेठ १९ गते भारतबाट आएर क्वारेन्टाइनमा एक्लै बस्दै आएका उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा असार १३ गते घर पठाइएको थियो । असार १ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनको असार ८ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनको बिहीबार (हिजो) आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

Womui
Womui