भारतकी कोरियोग्राफर सरोजको मृत्यु

64

काठमाडौं– भारतकी सफल कोरियोग्राफर सरोज खानको मृत्यु भएको छ । उनको बिहीबार बेलुकी ७१ बर्षको उमेरमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि नै अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् ।

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । आफ्नो करियरमा उनले २ हजार बढी गीतमा कोरियोग्राफी गरेकी उनले तीनपटक राष्ट्रिय अवार्ड पाएकी छिन् । उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा सुरु गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन्।

Womui
Womui