पतिको हत्या गरेको भन्दै २० वर्षीय युवती पक्राउ

156

रुकुमपूर्व – पतिको हत्या गरेको आरोपमा २० युवतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित सिस्ने गाउँपालिका वडानम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय पति बिछोड विकलाई रेश्माले दाउराले हान्दा मृत्यु भएको आरोपमा पक्राउ गरिएको हो ।

सोही वडाका वडाध्यक्ष जीवन केसीका अनुसार पारिवारिक विवादका कारण पत्नीले पतिलाई दाउराले टाउकोमा हानेकी थिइन् । अत्यधिक रक्तश्रावका कारण बिछोडको मृत्यु भएको  बुधबार थाहा पाएको वडाध्यक्ष केसीले बताए । प्रहरीले आरोपित रेश्मालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Womui
Womui