नेकपा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो, १८ घाइते

85

काठमाडौं– सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् ।  सर्लाहीको धनकौल गाउँपालिकामा आइतबार राति भएको झडपमा गोलीसमेत चलेको प्रहरीले जनाएको छ ।

रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो। सोही विषयलाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न स्थानमा जुलुस प्रदर्शन गरेका थिए । त्यसक्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा १५ जना कांग्रेस र ३ नेकपाका कार्यकर्ता रहेका छन् ।

रायको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ । यता नेकपाले भने रायको हत्यामा कांग्रेसको हात रहेको बताएको छ ।

Womui
Womui