४७६ थपिए, नेपालमा १३२४८ संक्रमित

129

काठमाडौं- पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार थपिएका संक्रमितसँगै नेपालमा १३२४८ जना कोरोना भाइरसका संक्रमण पुगेका हुन् ।

यस्तै, पछिल्लो २४ घन्टामा १२१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । घर फर्कनेमा १०८ पुरुष र १३ महिला रहेका छन्। योसँगै देशभर कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ३१३२ पुगेको छ।

Womui
Womui