फुटबलमा सक्रिय हुँदै इन्प्रोक

28

नेपालगन्ज– वातावरण र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको इन्प्रोकले फुटबल खेलमा सक्रियता बढाएको छ ।
फुटबलको माध्यमबाट युवाहरुलाई कुलतबाट जोगाउने अभियानको सुरुआत गरेको छ । अभियान अन्तर्गत वातावरण तथा बालअधिकार संरक्षण केन्द्र(इन्प्रोक) ले खजुरा गाउँपालिकाका ६ क्लबलाई जर्सी र बल प्रदान गरेको छ ।
सोमबार इन्प्रोकले गौघाटको योगिनी युथ क्लब, डी गाउँको बागेश्वरी युवा क्लब र गौरीनगरको इलेभन स्टार क्लबलाई जर्सी र बल प्रदान गरेको हो । इन्प्रोकका अध्यक्ष एवम् एनजिओ फेडेरेशन बाँकेका पूर्व अध्यक्ष तेजबिक्रम शाहले योगिनी युथ क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापा, गौरीनगरका विजय सिह ठकुरीलाई सामग्री हस्तान्त्रण गरे ।
यसैगरी खजुरा डी गाउँमा भएको कार्यक्रममा वडा नम्बर ३ अध्यक्ष कान्तु गौतम, इन्प्रोकका अध्यक्ष शाह, इन्प्रोकका खेलकुद विभाग प्रमुख एवम् पुर्व राष्ट्रिय खेलाडी भीम जंग शाहले बागेश्वरी क्लब अध्यक्ष एवम पुर्व खेलाडी सुरेश थापालाई बल र जर्सी प्रदान गरेका थिए ।
खजुराका सक्रिय ८ क्लबलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत बल र जर्सी प्रदान गरिएको इन्प्रोकका अध्यक्ष एवम पुर्व खेलाडी तेजबिक्रम शाहले बताए । उनले भने,‘हामी ज्यादै खुसी छौं । युवाहरुलाई सकारात्मक बाटोमा लग्न फुटबल एउटा शसक्त माध्यम बन्न सक्छ । फुटबलले युवाहरुलाई सक्रिय बनाउँछ । यसले नकारात्मक कुराबाट टाढा राख्ने भएकोले फुटबल सामाग्री दिने अभियानको सुरुआत गरेको हौं ।’ सोमबार बागेश्वरी युवा क्लबलाई सामाग्री हस्तान्त्रण गर्ने कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संचालक समिति सदस्य पूर्णचन्द्र उपाध्यायले खेलकुदले युवाहरुको सोचमा परितर्वन गर्ने बताएका थिए ।
शनिबारदेखि सुरु गरिएको अभियानमा पहिलो चरणमा न्यु डाँफे युवा क्लब, बागमती स्पोर्टस क्लब र सी गाउँ नयाँ वस्तीको मोडेल टीमलाई फुटबल जर्सी र बल प्रदान गरिएको थियो ।

Womui
Womui