नेपालमा पनि प्रवेश गर्‍यो सलह, कस्तो पर्ला असर ?

137


छिनछिन खबर
काठमाडौं–
बालीनालीलाई नष्ट पार्ने सलह किरा नेपालमा प्रवेश गरेको छ । अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गरेको हो । बाराको निजगढनजिकै र सर्लाहीका नवलपुरमा सलह देखिएको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । कति संख्यामा आएको हो र यसले कति क्षति गर्छ भन्नेबारेमा अध्ययन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

कृषि मन्त्रालयअन्तर्गतकै कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले नेपालमा सलह प्रवेश गरेको जनाएको छन् । अफ्रिकाबाट करोडौको बथान बनाएर उड्न थालेका यी किरा पाकिस्तान हुँदै अप्रिल १३ मा राजस्थान, पन्जाब र उत्तर प्रदेशमा आएका थिए। । औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने बताइन्छ । नेपालमा प्रवेश गरेका किराले के कस्तो क्षति पार्न सक्छन् भन्नेबारे अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui