राप्तीसोनारीका विपन्न एकल महिलालाई ६३ बाख्रा वितरण

123
गाउँपालिकास्थित एकल महिलालाई बाख्रा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका प्रतिनिधिलगायत। तस्बिरः खड्क खत्री ।

बाँके(राप्तीसोनारी)– विपन्न एकल महिलालाई एक कार्यक्रमबा बीच बाख्रा वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका १ देखि ९ नम्बर वडामा रहेका एकल तथा विपन्न महिलालाई शुक्रबार उक्त बाख्रा वितरण गरिएको हो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत प्रति महिलालाई ३ वटा बाख्राका दरले २१ जनालाई बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कारर्यालय, बुटवलको आर्थिक सहयोग र राप्तीसोनारी गाउँपालिकाको आयोजनामा उक्त बाख्रा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारु प्रमुख अतिथि रहेको बाख्रा वितरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनिकुमारी खत्री, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर ओली, सोही गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले विपन्न एकल महिलालाई प्राप्त बाख्रा वितरणले उनीहरुको जीवनयापनमा सहजता ल्याउने बताए । एकबाट दुई, तीनबाट ६ का दरले बाख्राको संख्या वृद्धि गर्न सुझाउँदै अध्यक्ष थारुले भने,‘ तपाइँले प्राप्त गर्नु भएको सहयोग ३ वटा बाख्रालाई गुणाका दरले वृद्धि  गर्दै लैजानु होस् । प्रत्येक वर्ष यसलाई बढाउँदै लैजानुहोस् । ताकि समस्या परेका बेला बच्चा बाख्रालाई बेचेर आर्थिक गाह्रो  टार्न सकियोस् ।’

Womui
Womui