३० वर्षपछि लिभरपुलाई इंलिस प्रिमियर लिग उपाधि

49

काठमाडौं । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि उचालेको छ । गएराति दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुलले उपाधि उचालेको हो । घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरेका हुन् । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीले लिभरपुलको जीतको ढोका खोलिदिएको हो यस्तो संयोग ३० वर्ष पछि मिलेको छ ।

लिभरपुललाई यो सिजन उपाधि जित्न थप एक जित आवश्यकता थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने वा अर्को खेल लिभरपुलले जित्नै पर्ने बाध्यतामा हुने थियो ।

Womui
Womui