जन्मदिनको अवसरमा स्यान्डीले गरे विद्यार्थीलाई सहयोग

366
सहयोग हस्तान्तरण गर्दै स्यान्डी ।

बाँके (राप्तीसोनारी)– धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेका लागि एक युवाले फरक शैलीमा जन्म दिन मनाएर समाजलाई फरक तरिकाले पनि जन्म दिन मनाउन सकिन्छ भन्ने सन्देश दिएका छन् । स्यान्डी उपनामले चिनिएका राप्तीसोनारी–२ऽ मदुवाका सन्दीप विष्टले आफ्नो जन्म दिनको अवसरमा समाजमा गरिने अनावश्यक खर्चलाई व्यवस्थापन गरेर विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेका छन् । उनले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर बुधबार १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
स्यान्डीले १६ जना विद्यार्थीलाई एक थान स्कुल ड्रेस, एक थान झोला, एक दर्जन कापी, एक दर्जन कलम गरेका छन् । स्यान्डीका अनुसार जन्मोत्सवमा घरबाहिर गरिने खर्च कटौती गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई सामग्री वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले होटल र रेस्टुरेन्टमा खर्चिलो पाटी गर्नुभन्दा सामाजिक क्षेत्रमा नै सहयोग गर्दा राम्रो सन्देश जाने बताए ।

जय दुर्गा आधारभूत विद्यालय राप्तीसोनारी २ मदुवाका कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको स्कुलका प्रधानाध्यापक कालीबहादुर विष्टले जानकारी दिए । प्रधानाध्यापक विष्टका अनुसार स्यान्डीले ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् । जन्म दिनको अवसरमा स्यान्डीले विपन्न वर्गका विद्यार्थीलाई गरेको सहयोग समाज परिवर्तनका लागि उदाहरणीय हुने बताए । स्यान्डीलेझै सबैले आफ्नो जन्म दिनको अवसरमा सहयोग गर्ने हो भने विपन्न वर्गका विद्यार्थीका अभिभावकलाई आर्थिक रुपमा राहत हुने प्रधानाध्यापक विष्टले बताए ।

यता सहयोग प्राप्त विद्यार्थीले आफूंले पाएको सहयोगले पढ्नमा सहज भएको र बताएका छन् भने अभिभावकले लकडाउनको बेला के खाने भन्ने चिन्ताले पिरोलिरहेको बेला पाएको सहयोगले धेरै राहत पुगेको बताएका छन् ।

सहयोग प्राप्त विद्यार्थी र अभिभावकका साथमा स्यान्डी ।
Womui
Womui