सूचनाको हक र सुशासन सम्बन्धी अनुशिक्षण

151

नेपालगन्ज – सुशासनको आधार स्तम्भ सूचनाको हक भएको एक कार्यक्रममा जोड दिइएको छ । सार्वजनिक सरोकारवाला निकायमा सुशासनका लागि सूचनाको हक एक प्रमुख साधन भएको अभियन्ताको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले मंगलबार गरेको सूचनाको हक र सुशासनबारे अनुशिक्षण कार्यक्रमका सहभागी सूचना अभियन्ताले भ्रष्टाचारको नियन्त्रण गर्न सूचनाको हक प्रभावकारी साधन भएको बताएका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी राजन केसी, जिल्ला हुलाक बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डे, अधिबक्ता लोकबहादुर शाह, विश्वजीत तिवारी, बलबहादुर चन्दले सूचनाको हक र सुशासनका विभिन्न विषयबस्तुका बारेमा सहजीकरण गरेका थिए ।
कोरोना महामारी संक्रमणका बेला सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाध्यक्ष जुम्मन खा, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, नागरिक सामाजका अगुवा बेदप्रसाद आचार्य अभियन्ता लक्ष्मी ज्ञवाली, रविन्द्र ज्ञवाली लगायतले आआफ्नो धारणा राखेका थिए । अनुशिक्षण कार्यक्रममा सो वडाका करिब ३० जनाको सहभागिता रहेको थियो ।

Womui
Womui