ब्यवसायिक तथा घर बहाल कर छुट दिन खुद्रा ब्यवसायी संघको आग्रह

282

नेपालगन्ज, असार ८-
खुद्रा ब्यवसायी संघ बाकेले ब्यवसायिक तथा घर बहाल कर शत प्रतिशत छुट दिन आग्रह गरेको छ । नेपालगन्ज उपमहानगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाउदै संघले यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष शिवप्रसाद दहाल र सचिव युवराज काफ्लेले हस्ताक्षर गरेको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख डा. धवल सम्शेर राणालाई हस्तान्तरण गरेका हुन् । नेपालगन्जको उद्योग, ब्यवसायलाई उकास्न उपमहानगरपालिकाले अभिभाकतब ग्रहण गर्नुपर्ने संघको विश्वास छ । सो क्रममा उप-प्रमुख उमा थापामगर, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।



Womui
Womui