बाँकेको नरैनापुरवासीलाई ग्लोबलको सहयोग

34
राहत सामग्री वितरण गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह ।

बाँके(नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकाका १ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाण्डौंले उपलब्ध गराएको राहत वडा नम्बर ६ का १ सय १८ र वडा नम्बर ५ का ३२ घरपरिवारलाई वितरण गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

प्रति घरपरिवारलाई १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, पहेंलो केराउ २ किलो, नुन १ किलो, खाने तेल १ लिटर र लाइफब्वाय साबुन २ वटा राहत स्वरुप प्रदान गरिएको अध्यक्ष शाहले जानकारी दिए । त्यस्तै ग्लोबलले गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइनका लागि ५ क्विन्टल चामल, दाल १ क्विन्टल, पहेंलो केराउ ५० किलो, खाने तेल १० लिटर, लाइफब्याय साबुन १ सय ४० वटा र १ क्विन्टल आलु प्रदान गरेको अध्यक्ष शाहले बताए । नरैनापुर कोरोनाको चपेटामा परेको गाउँपालिका भएकाले कोरोना कहर र लामो लकडाउनका कारण सर्वसाधारण मर्कामा परेको अवस्थालाई मध्यनजर गर्दै ग्लोबलले राहत उपलब्ध गराएको शाहले बताए । अति विपन्न र गरिव परिवारलाई राहत दिइएको उनले जानकारी दिए ।

Womui
Womui