नाला खन्दा नेपालगन्जमा मूर्ति भेटियो

307

नेपालगन्ज– नाला खन्ने क्रममा नेपालगन्जमा शिव भगवानको मूर्ति भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको डोजरले नाला खन्ने क्रममा उक्त मूर्ति भेटिएको हो । हेर्दा चाँदीको धातुले बनेको मूर्ति वडा नम्बर ७ गगनगन्जस्थित मन्दिरमा राखिएको छ । मूर्ति भेटिएपछि त्यहाँ सर्वसाधारणको घुइँचो लागेको थियो भने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाको उपस्थितिमा मुचुल्का उठाएर मूर्तिलाई मन्दिरमा राखिएको छ ।

Womui
Womui