२ हप्ते बन्द पछि बाग्लुङ खुल्यो

38

छिनछिन खबर
बाग्लुङ, भदौ २०

बाग्लुङमा भदौ ५ गतेदेखि भएको दुई हप्ते बन्द फिर्ता भएको छ ।  प्रमुख तीन दलले बाग्लुङ जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर चारमा राख्ने सहमति गरेपछि बन्द फिर्ता भएको हो ।नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले बाग्लुङ जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर चारमा राख्ने गरी संविधानको परिमार्जित विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । बन्द फिर्ता लिए पनि संविधानसभामा दर्ता भएको जिल्ला अखण्ड राख्ने संशोधन प्रस्ताव दुई तिहाईले पारित नहुञ्जेलसम्म अन्य रचनात्मक दबाबका कार्यक्रम भने जारी राखिने संघर्ष समितिले जनाएको छ ।

Womui
Womui