सहमतीसँगै डा. केसीले आज अनसन तोड्दै

31

छिनछिन खबर
काठमाडौं, भदौ २०
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । सरकारसँगको सहमतीपछि उनले विगत १४ दिनपछि अनसन तोड्न लागेका हुन् । दिउँसो ३ बजे डा. केसीले अनसन तोड्ने कार्यक्रम छ । डा. केसी र सरकारबीच हिजो ११ बुँदे सहमति भएको थियो ।
सहमति पत्रमा डा. केसी र सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल तथा मूख्य सचिव सोमलाल सुवेदीले हस्ताक्षर गरेका छन् । सरकारी उदासिनता र व्यथिति विरुद्ध स्वास्थ्य शिक्षा सम्बन्धी माग राख्दै यो सहित छैठौं पटक केसी अनसन बसेका हुन् । यसपटकको अनसनमा डा.केसीले माथेमा अयोगले बुझाएको प्रतिवेदन कार्यान्यन गर्नुपर्ने मुख्य जोड दिएका थिए ।
सहमति अनुसार माथेमा आयोगका सुझाव अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोगको गठन गर्ने र उक्त आयोगले चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयहरूको सहजीकरण र अनुगमन गर्ने भएको छ ।chh माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षासम्बन्धी नीति तयार पारी कानुनको मस्यौदा बनाएर तीन महिनाभित्र संसदमा पेश गर्ने सहमति छ । देशका सबै निजी कलेजमा स्नातकोत्तर तहमा हाल काठमाडौं विश्वविद्यालयले लिने गरेको शुल्क २३ लाख तोकिने सहमतीमा उल्लेख छ ।जानकी मेडिकल कजेलका विद्यार्थीलाई तत्काल सम्बन्धित निकायले व्यवस्थापन गर्ने तथा सञ्चालकलाई कानुनबमोजिम कारबाही गर्ने पनि सहमति भएको छ । काठमाडौं विश्वविद्यालयले विस्तारित कार्यक्रमका नाममा देवदह मेडिकल कलेजलाई दिएको विद्यार्थी भर्ना अनुमतिका सम्बन्धमा कानुनी कारबाही चलिरहेकोमा उस्तै प्रकृतिको स्वीकृति दिइएको विराट मेडिकल कलेजको हकमा समेत नेपाल सरकारले छानबिन गरी दोषी पाइएमा भर्ना प्रक्रिया स्थगन गर्ने सहमति पनि भएको छ ।

Womui
Womui