४ जनाको हत्या गर्ने कन्ट्रयाक्ट किलर पक्राउ

40

एजेन्सी–अमेरिकाको पेन्सिल्भानिया राज्यस्थित फिलाडेल्फिया सहरमा ठेक्का लिएर मानव हत्या गर्दै हिँड्ने २५ वर्षीय स्टेभन विलियम्सलाई प्रहरीले पक्राउ गरेको छ । विलियम्सले हजारौं डलर लिएर मानव हत्या गर्दै हिँडेको अभियोग पक्राउ गरिएको हो ।

उनको ४ हत्यामा संलग्न भएको आरोपमा गत शुक्रबार प्रहरीले पक्राऊ गरेको हो । विलियम्सलाई सन् २०१८ को सेप्टेम्बरदेख यता ८ महिनाभित्र भएका ४ वटा हत्या अभियोगमा पक्राऊ गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । ती सञ्चार माध्यमका अनुसार विलियम्सद्वारा ठेक्का लिएर थुप्रै हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।  हत्या भएका मानिससँगको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरी रहेको छ ।  

Womui
Womui