सिंहको हत्यामा मोर्चाको संलग्नता अस्वीकार

28

छिनछिन खबर
नेपालगन्ज, भदौ १९ 
आन्दोलनरत मधेसी मोर्चाले बाँके, नौवस्ता–२ का करण सिंहको मृत्युको घटनामा आफुहरुको संलग्नतालाई अस्वीकार गरेको छ । मोर्चाले शनिबार विज्ञप्ती निकालेर उक्त घटनाबाट मर्माहत भएको जनाउँदै यस्तो घटनाको कल्पना नै गर्न नसकिने जनाएको छ । संयुक्त थरुहट मधेस संघर्ष समितीका प्रवक्ता पशुपतिदयाल मिश्रले विज्ञप्ती जारी गरेर उक्त घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष र सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय मानवअधिकार आयोग तथा सरकारसँग माग गरेका छन् ।
प्रहरी र प्रत्यक्षदर्शीका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ भे५प ४२५० नम्बरको मोटरसाईकलमा जादै गरेको अवस्थामा शुक्रबार दिउँसो गनापुरको पिप्रहवामा बसेका मधेसी मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर सिंहको मृत्यु भएको थियो । मोटरसाईकलको पछाडी बसेका २३ बर्षिय बिनोद शाही घाईतेलाई पनि आन्दोलनकारीले घाईते बनाएका थिए । मिश्रले २४ दिनसम्मको आन्दोलन शान्तिपूर्ण रहेको र कसैलाई आक्रमण नगर्न र उत्तेजनामा नआउन समितिले निर्देशन दिंदै आएको दाबी गरेका छन् । यस्ता घटना पुनरावृत्ति हुन नदिन प्रहरी प्रशासनलाई आग्रह गर्दै सामाजिक सद्भाव नबिथोल्न पनि सबैमा सचेत रहन विज्ञप्तीमार्फ अनुरोध गरेका छन् ।

Womui
Womui