रहेनन् बलिउड अभिनेता सुशान्त, झुण्डिएर आत्महत्या

112

काठमाडौं– बलिउड अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्त आइतबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। ‘काई पो चे’ फिल्मबाट बलिउडमा डेब्यू गरेका उनको अन्तिम फिल्म ‘छिछोरे’ हो। प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार पछिल्लो ६ महिनादेखि उनी तनावसादग्रस्त भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । घटनास्थलबाट प्रहरीले एउटा सुसाइड नोट पनि फेला परेको छ।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए । सुशान्तकी पूर्व म्यानेजर दिशा सालीयानले गत साता आत्महत्या गरेकी थिइन् । यो खबर ट्विट गर्दै सुशान्तले आफू स्तब्ध बनेको बताएका थिए । ३४ वर्षीय अविवाहित सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन् ।

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले यतिबेला बलिउडसँगै उनका फ्यानहरु स्तब्ध भएका छन् । बलिउडका सफल अभिनेताले किन आत्महत्याको बाटो रोजे, यो खुलेको छैन ।

Womui
Womui