एसईई परीक्षा नहुने, विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

29

काठमाडौं- सरकारले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेको हो। विद्यालयले आन्तरिक मूल्यांकन गरी उनीहरुलाई प्रमाणपत्र दिइनेछ।  जसलाई आधार मानेर ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण २०७६ चैत ६ गतेदेखि तोकिएको परीक्षा चैत ५ गते स्थगित गरेको थियो।

Womui
Womui