कम जोखिम भएका ठाउँमा पसल खुल्ने, सर्तको अधिनमा रहने गरी सवारीसाधन पनि चल्ने

37

काठमाडौं- सरकारले जारी लकडाउनलाई बिहीबारदेखि खुकुलो पारेको छ । काठमाडौं उपत्यकालगायत कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा बिहीबारबाट बजार खोल्न दिने निर्णय गर्दै सर्तको अधिनमा रहने गरी सवारी साधनलाई पनि जोर-बिजोर गरेर चल्न दिने भएको छ। बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । लामो दूरीमा भने निजी सवारी साधनलाई पनि अझै अनुमति दिइएको छैन । त्यस्तै, चारपांग्रे सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् भने सार्वजनिक यातायात तत्काल खुल्ने छैन।

Womui
Womui