कोरोनाविरुद्ध वडामा सचेतनामूलक अभियान सुरु

186

नेपालगन्ज–कोरोना भाइरसविरुद्ध नेपालगन्जमा सचेतनामूलक अभियान संचालन गरिएको छ । नेपालगन्ज ५ नम्बर वडा कार्यालय र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा वडामा कोभिड–१९ को संक्रमणबाट बच्नका लागि अभियान थालिएको हो । सामाजिक दूरी कायम गरी उक्त अभियानको बुधबार वडाध्यक्ष कैफुलवरा अन्सारी जोलाहले शुभारम्भ गर्दै वडाबासीलाई अहिलेको महाबारीबाट बच्न तथा अपनाउनुपर्ने सावधानीका लागि चेतनामूलक अभियानले सहयोग गर्ने बताए ।
वडामा कोरोना भाइरसका लक्षण, संक्रमणका बेला अपनाउनु पर्ने सावधानी, तथा स्वास्थ्य सरसफाइलगायतका बारेमा सचेतनामूलक माइकिङ, प्लेक्स बोर्ड जडान र पर्चा पम्पलेट वितरण कार्य सुरु गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए । शुभारम्भ कार्यक्रममा वडाका अधिकृत इन्द्रबहादुर केसी, वडा सचिव राजसिंह सिजापति, वडा सदस्य, संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम व्यवस्थापक रविन्द्र ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui