खजुरामा संक्रमित १६ पुगे, क्वारेन्टिनबाट ६६० जना घर फर्किए

49

खजुरा–भारतबाट फर्किएकाको कोरोना जाँच गर्दा खजुरामा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमणको पुष्टि भएका १६ मध्ये १३ जनालाई कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा राखिएको छ भने बुधबार संक्रमण देखिएका ३ जनालाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज लिने तयारी भएको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म खजुरामा ५२६ जनाको पीसीआर र २७१ जनाको आरडीटी परीक्षण गरिएको छ ।

विभिन्न क्वारेन्टिनमा हाल ५८९ जना बसेका छ्न् । समय अवधि पुगेकाहरुको आरडिटी र पीसीआर जाँचपछि रिपोर्ट नेगेटिभ आएकालाई ७ दिन होम क्वारेन्टिनमा रहने गरी घर पठाइएको छ । स्वास्थ्य शाखा प्रमुख खड्का अनुसार खजुरामै गरिएको जाँचमा कोरोना देखिएकी स्वास्थ्यकर्मी भने कोरोना भाइरसबाट निको भएर घर फर्किएकी छिन् ।

Womui
Womui