कोरोना संक्रमणले नेपालमा थप एकको मृत्यु

154

नेपालगन्ज– कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवन भरतपुर ११ का एकजना मंगलबार बिहान मृत्यु भएको हो । ज्वरो, निमोनियाबाट पीडित उनको सोमबार बेलुका परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। योसँगै कोरोना भाइरसको संक्रमणले नेपालमा १५ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको आशंकामा १०६३३१ वटा नमुना संकलन गरेर पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट निको भएर ५८४ जना घर फर्किसकेका छन् ।।

Womui
Womui