कोरोना संक्रमणले १३ को मृत्यु, नेपालमा ३२३५ संक्रमित

27

नेपालगन्ज– नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ भने कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । संक्रमित हुनेमा थप नयाँ २८६ जना पुरूष र ३७ जना महिला छन् । त्यस्तै कोरोना भाइरसबाट निको भएर ३२ जना शनिबार घर फर्केका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिला छन् । दुवैको मृत्यु भइसकेपछि स्वाब परीक्षण गर्दा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो भने डोल्पाका पुरूषको गत २१ गते राति २ बजे घरमै मृत्यु भएको हो । उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए। 

डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए भने धनगढीकी महिला मिर्गौलाको बिरामी थिइन् ।

Womui
Womui