देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने

115

काठमाडौ– देशभर रहेका भूमिसुधार र मालपोत कार्यालय आइतबारदेखि खुल्ने भएका छन् । लामो समयदेखि नेपालमा भइरहेको बन्दाबन्दीको कारण देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा सुचारु गर्न सेवाग्राहीबाट माग भएकाले भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

Womui
Womui