लकडाउन अवधिभर कर तिर्न नसकिने भन्दै सरकारलाई उद्योग वाणिज्य संघको ध्यानाकर्षण

141
नेपालगन्ज उद्योग वाणिज्य संघले थालेको आन्दोलनका सहभागीहरु ।

नेपालगन्ज– लकडाउनका कारण देशभरको उद्योग व्यवसाय चौपट भएको भन्दै कर तिर्ने समय थप गर्न माग राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन सुरु गरेको छ । संघले लकडाउन अवधिभर कर तिर्न नसकिने भन्दै सरकारलाई बिहीबार ध्यानाकर्षण गरेको छ । राहत प्याकेज र कर तिर्ने समय सरकारले दिनु पर्ने भन्दै संघले चरणबद्ध रुपमा आन्दोलन गरिने समेत बताएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै संघले चरणबद्ध आन्दोलनको सुरुवात गरेको छ ।
 राहत प्याकेज र कर तिर्ने समय थप गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ बिहीबारदेखि आन्दोलन शुरु गरेको छ । संघको आह्वान गरेको आन्दोलनका क्रममा उद्योग, व्यवसाय बन्द भएको समयमा कर बुझाउन असर्मथ छौं, महामारीको समयमा कर तिर्न बाध्य नगर सरकार,लकडाउन खोलेको कम्तिमा तीन महिना कर तिर्ने व्यवस्था गर, आहत होइन राहत चाहियो सरकार, उद्योग, व्यवसाय बन्द, कसरी तिर्ने कर ?’ लगायतका नारा लगाएका थिए । व्यवसायीले प्लेकार्ड सामजिक सन्जालमा राखेर पनि सरकारको ध्यानार्कषण गराएका थिए । अध्यक्ष मन्सुरीले उद्योगमा ताला लगाएको अवस्थामा कर तिर्न सक्ने अवस्था नभएको बताए ।
जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी अर्थमन्त्रालयले कर तिर्ने समय असार ७ गते थप गरेको छ । उक्त निर्णय खारेजी र निजीक्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको संघका अध्यक्ष अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
त्यस्तै संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तीय नीतिमार्फत् बैंक ब्याज मिनाहा गर्नु पर्ने र सहुलियत तथा छुट दिनु पर्ने मागसमेत राखेको छ । लकडाउन अवधि भरलाई शून्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तिन महिनापछि तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेको महासचिव चिरञ्जीवी ओलीले बताए । उनका अनुसार उद्योग, व्यवसाय ञ्चालन नहुँदा आयआर्जन ठप्प भएको समयमा असार ७ गतेभित्र तोकेको मितिमा कर बुझाउन उद्योगी, व्यवसायी पूर्णतः असमर्थ छन् । अहिलेकै परिस्थितिमा कुनै पनि हालतमा कर दाखिला गर्न नसकिने बताउँदै संघले नेपाल सरकार अर्थमन्त्रालय आन्तरिक राजश्व विभागको कर विवरण तथा कर बुझाउने सम्बन्धि सार्वजानिक सूचना प्रति स संघको गम्भीर ध्यानार्षण भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलन गरेको हो ।

Womui
Womui