थप ४५ जना निको भएर घर फर्किए

32

नेपालगन्ज- मंगलबार थप ४५ जना कोरोना भाइरसको संक्रमणबाट उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार रुपन्देहीको भीम अस्पतालबाट सबैभन्दा बढी २५ जना डिस्चार्ज भएका छन् भने तीमध्ये रुपन्देहीका १६ र कपिलवस्तुका ९ जना कोरोना भाइरसका संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८, काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा गुल्मी अस्पतालबाट एक-एक जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको कूल संख्या २६६ पुगेको छ।

Womui
Womui