थप १ सय ८९ लाई कोरोना, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

238


छिनछिन खबर
काठमाडौं–
शनिवार १ सय ८९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ८९ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताए ।

हालसम्म नेपालमा १ हजार ४ सय १ जनामा कोरोना देखिएको छ । त्यस्तै २ सय १९ जना उपचार पछि निको भएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

Womui
Womui