दैलेखको क्वारेन्टाइनमा एकको मृत्यु

68

दैलेख– दल्लु नगरपालिका ७ पटाङ्गिनीस्थित प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएका ३९ वर्षीय एक युवकको मृत्यु भएको छ । चिया बिस्कुट खाएलगत्तै छाथतीमा असजिलो भयो भनेर ओछ्यानमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो ।

दुल्लु नगरपालिका ११ कालभैरव निवासी मृतक १८ वर्षदेखि भारतको अहमदावादमा होटल लाइनमा काम गर्दै आएको स्थानीय भरत केसीले बताए । उनी ८ दिनअघि दुल्लु आएका थिए । मृतक युवामा कोरोना भाइरसको संक्रमण भए नभएको जाँच्न बिहीबार स्वाब पठाइएको तर रिपोर्ट आउन बाँकी रहेकाले शव परीक्षण प्रकियासमेत रोकिएको दल्लु अस्पतालका इन्चार्ज डा. पूजा बिसीले जानकारी दिएकीछिन् । कोरोना संक्रमित भएको र नभएकाको शव परीक्षण पद्धति फरक हुने भएकाले रिपोर्ट पर्खिएको डा. बिसीले जानकारी दिइन् ।

Womui
Womui