पाँच दिनमा गड्डाचौकीबाट १० हजारभन्दा बढी नेपाली भित्रिए

95


छिनछिन खबर
धनगढी– गड्डाचौकी नाकाबाट पछिल्लो पाँच दिनमा १० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत समेबारबाट शुक्रबारसम्म १० हजार एक सय नेपाली भारतका विभिन्न सहरबाट गड्डाचौकी नाका भएर स्वदेश भित्रिएको जनाएको छ । भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि स्थानीय प्रशासनले गत सोमबारदेखि गड्डाचौकीबाट प्रवेश खुला गरेको थियो ।

गड्डाचौकी सीमानाका खुला गरेको पहिलो दिन २ हजार ६३७ जना, गत मंगलबार ६९४, बुधबार १ हजार ५८६ नेपाली स्वदेश फर्किएका थिए । यस्तै बिहीबार २ हजार ४०५ र शुक्रबार २ हजार ७७८ नेपाली गड्डाचौकी भएर नेपाल भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय गड्डाचौकी सीमानाका प्रयोग गरेर ६०२ जना भारतीय आफ्नो देश गएका पनि जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले नेपाल भित्रिने र बाहिरिनेहरुका लागि बिहान ६ बजेबाट १० बजेसम्म मात्रै सीमानाका खुला राख्‍ने गरेको छ ।

Womui
Womui