बर्दियाको क्वारेन्टाइनमा बसेका एकको मृत्यु

62

बर्दिया–
बर्दियाको क्वारेन्टाइनमा बसेका एकको मृत्यु भएको छ । गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएका उनको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। मृत्युको कारण नखुलेको बताउँदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब निकालिएको र रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने बताए ।

Womui
Womui