भेरीगंगाका क्वारेन्टाइनमा १५८ जना

42

सुर्खेत(भेरीगंगा), जेठ ११-
भेरीगंगा नगरपालिकामा भारत र नेपालका विभिन्न जिल्लाबाट गरी १५८ जना क्वारेन्टाइनमा बसेका छन् । भारतका विभिन्न शहरबाट बिहीबर, शनिबार १०५ र ११ जना गरी ११६ जना  आइपुगेका छन्। यस्तै शुक्रबार झापाबाट ४२ जना क्वारेन्टाइनमा आएको भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द चन्दले बताए ।

 झापा र रुपैडिहा नाकाबाट नगरमा प्रवेश गरेका १५८ जना भेरीगगा नगरपालिकाका नागरिक हुन्। उनीहरुलाई नगरपालिकाका ३ वटा क्वारेन्टाइनमा राखिएको मेयर चन्दले जानकारी दिए । नगरपालिकाको छिन्चु, मैनतडा र झिङ्गनीस्थित क्वारेन्टाइनमा राखिएको उनले बताए । शनिबार रातिसम्म भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो । पछिल्लो समय भारतबाट आएर सीमानाकामा अलपत्रलाई उद्धार गरेर ल्याएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ । नगरपालिकामा निर्मित क्वारेन्टाइनमा बस्नेको लागि राम्रो खाना, बस्नेको व्यवस्था गरिएको बताउँदै मेयर चन्दले क्वारेन्टाइनमा बस्नेका लागि उचित प्रबन्ध मिलाएर निगरानीमा राखिएको बताए ।

Womui
Womui