भारतले मिचेको भूमि फिर्ता ल्याउन सरकारले ग¥यो संविधान संशोधनको प्रस्ताव

137

छिनछिन खबर
काठमाडौं
–सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशानछापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन गर्न मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

संविधान संशोधन संसदको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक पनि भइसकेको छ । जसमा भारतले कब्जा गरी सडक बनाएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

Womui
Womui