बाँकेका २१ कोरोना संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ७० पुग्यो

53

छिनछिन खबर
नेपालगन्ज
–बाँकेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ । खजुरास्थित क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षीय पुरुष पनि छन् । वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए । उनीहरु वैशाख १९ देखि २३ गतेसम्म भर्ना भएका थिए । बाँकेमा कुल संक्रमितको संख्या १०१ पुगेको छ । बाँकेको नरैनापुरमा मात्र संक्रमित हुनेको संख्या एक मृत्युसहित ७४, नेपालगन्ज उपमहानगरपालिकामा २५ र खजुरा गाउँपालिका एक नर्ससहित दुई जना संक्रमित छन् ।

Womui
Womui