राप्तीसोनारीका क्वारेन्टाइनमा १३० जना

59
वडा नम्बर ७ स्थित नेरा माबिमा रहेको क्वारेन्टाइन । फाइल तस्बिर

बाँके (अगैया), जेठ ८–
राप्तीसोनारी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ११० जना पुगेको छ ।पछिल्लो समय भारतबाट आएर सीमानाकामा अलपत्रलाई उद्धार गरेर ल्याएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुका अनुसार दिनप्रतिदिन क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भइरहेको छ । गाउँपालिकामा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाउँदै बाहिरी जिल्लालगायत भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको बताए । उनका अनुसार गाउँपालिकामा निर्मित क्वारेन्टाइनमा बस्नेको लागि राम्रो खाना, बस्नेको व्यवस्था गरिएको छ । बाहिरीबाट आएकाहरु क्वारेन्टाइनमा बसून भन्ने उद्देश्यले क्वारेन्टाइनको व्यवस्थापन राम्रो गरेको बताउँछन् अध्यक्ष थारु ।

गाउँपालिकामा रहेको वडा नम्बर  ७ स्थित नेरा माविको क्वारेन्टाइनमा ६६ जना, वडा नम्बर ५ भुवरभवानी माविमा १८, कुसुमस्थित कुश्मेश्वर माविमा १ जना, वडा नम्बर ८ स्थित शिवशक्ति माविमा २८ जना, वडा नम्बर २ स्थित लक्ष्मी माविमा मदुईमा १२ जना र वडा नम्बर ९ नम्बरस्थित ढकेरी माबिमा ५ जना गरेर कूल १३० जनालाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । अधिकृत बस्नेतका अनुसार क्वारेन्टाइनमा बस्नेका लागि उचित प्रबन्ध मिलाएर निगरानीमा राखिएको छ ।  

Womui
Womui